७ प्रदेशमा १८ सांसद पद रिक्त
काठमाडौं। करिब ६ महिनादेखि सातै प्रदेशका १८ सांसदको पद रिक्त हुँदा पनि सरकारले उपनिर्वाचन गर्नेतर्फ चासो दिएको छैन । लुम्बिनीमा ६, कर्णालीमा ५, प्रदेश २ मा ३, प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा १(१ सांसदको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ६ जना सांसदको पद रिक्त छ । एमालेका दृगनारायण पाण्डेले यही वैशाख १९ गते र अमरबहादुर डाँगीले वैशाख २२ गते राजीनामा दिएपछि थप २ सांसदको पद खाली भएको हो । त्यस्तै संघीय समाजवादी फोरम नेपालका दुई जना सांसदलाई आफ्नै पार्टीले कारबाही गरी हटाएको थियो ।
कर्णाली प्रदेशमा ५ जना सांसदहरूको पद खाली छ । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले गत चैत ३० गते दल त्याग गरेका थिए । निष्कासन गरेको थियो ।
प्रदेश २ मा पनि माओवादी केन्द्रकै रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र ज्वालाकुमारी साहले एकैदिन गत चैत ३० गते दल त्याग गरेपछि ३ जना सांसदको पद खाली भएको छ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा तर्फका सांसद कृष्ण थापालाई पार्टीले निष्कासन गरेपछि त्यहाँ पनि एक सिट रिक्त भएको छ ।
वाग्मतीमा यही वैशाख २८ गते नेकपा (एमाले)का सांसद पशुपति शर्माको मृत्यु भएपछि, प्रदेश १ मा नेकपा (माओवादी केन्द्र) का सांसद टंक आङ्बुहाङ्ग लिम्बुले गत चैत २६ गते दल त्याग गरेपछि र सुदूरपश्चिममा सांसद झपडबहादुर बोहराले वैशाख ६ गते दल (माओवादी केन्द्र) त्याग गरेपछि एक-एक सिट रिक्त भएको हो ।