नेकपा दाहाल–नेपाल समूहको दोस्रो चरणको आन्दोलनको घोषणा
पौष २० देखि माघ २३ गतेसम्म आन्दोलन गर्ने
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।
आज केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले काठमाडौमा पत्रकार सम्मेलन गरी पौष २० देखि माघ २३ गतेसम्म आन्दोलन गर्ने जनाएका हुन् । प्रधानमन्त्रीले पौष ५ गते प्रतिनिधिसभा भंग गरेको विरोधमा उसले पौष १० गतेबाट नै आन्दोलन सुरु गरेको हो । २४ पुसमा असंवैधानिक कदम सच्याई देशवासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको पुस्तक दिनेदेखि देशका ठूला प्रमुख शहरहरूमा वृहत कार्यक्रम र भेलासमेत गरिने घोषणा गरिएको छ ।