काठमाडौंमा १५ दिनमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु
काठमाडौं । सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्को सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो ।
गत बिहीबार ग्वार्कोको बीएण्डबी अस्पताल अगाडि आकाशेपुल मुनिबाट बाटो काटिरहेका अस्पतालका दुईजना कर्मचारीले टाटा सुमोको ठक्करबाट ज्यान गुमाए । बत्तीविहीन आकाशे पुलमा हिँड्न असुविधा भएपछि सो ठाउँमा अधिकांश त्यसमुनिबाट सडक पार गर्छन् ।
माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगायत क्षेत्रका आकाशेपुल व्यापारिक अड्डा बनेका छन् ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसिङ र आकाशेपुल जथाभावी बाटो काट्नेहरूमाथि असुरक्षा बढेको छ । बिहीबारको दुर्घटनामा चाहिँ बत्ती नभएकाले पैदलयात्रुले आकाशेपुल प्रयोग नगरेको ट्राफिक प्रहरीको भानाइ छ ।
काठमाडौंका चौडा सडकमा सवारीको गति तीव्र हुन्छ । त्यसैबीचमा पैदलयात्रुले लापरबाही गर्दै बाटो काट्दा धेरै दुर्घटना हुने गरेको प्रहरीको छ ।