६ जेष्ठ २०८१, आईतवार

पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९११ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !