२८ बैशाख २०८१, शुक्रबार

आज पनि घट्यो सुनको मूल्य



काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघलका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज (बिहीबार) तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले १ हजार १२० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !