सुरु भयो बालुवाटारमा सर्वदलीय बैठक, किन गर्यौ एमालेले बहिष्कार ?
काठमाडौँ। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी रहेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँसी कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।