९ मंसिर २०८१, आईतवार

महिलाहरुको शरीरमा किन आउँछ सेता धर्सा ?



काठमाडौँ । धेरै जसो महिलाहरुको शरीरमा सेतो धर्सा देखिएको पाइन्छ। पेट हिप पिडुला स्तन आदिमा यस्तो धर्सा देख्ने गरेको पाइन्छ ।

यस्तो समस्याले अधिकंश महिलाहरु चिन्तित भएको छन्। शरीरका कतिपय भाग कपडा लगाउदा देखिने हुन्छ। सेतो धर्साक कारणले गर्दा महिलाहरु आफ्नो सुन्दरतामा कमि भएको महसुस गर्छन।

आखिर सेता धर्सा के हो, यसबाट कसरी बच्ने ?

शरीरको तौल बढेपछि मासु तन्किन्छ त्यही मासु घट्दा खुम्चिन्छ र सेतो धर्सा देखिने हुन्छ। सुन्दरतामा दाग लगाउन आउने यस्तो धर्सालाई स्ट्रेच मार्क्स भनिन्छ। सेता धर्सा धेरैजसो नाइटोमुनी, तीघ्रा, पाखुरा, हिप, स्तनको वरिपरि देखिने गर्छ।

यस्तो धर्सा धेरै जसो महिलाहरुमा बढी देख्ने गरेको पाइन्छ। गर्भावस्थामा बच्चा पेटमा बढ्दैजाँदा छाला तन्किने र बच्चा जन्मिएपछि एक्कासी छाला खुम्चिने हुँदा छालामा धर्सा बनेर स्ट्रेच मार्क्स बस्छ। गर्भअवस्थामा देखिने स्ट्रेच मार्क्सलाई सामान्य मानिन्छ। तर, बच्चा नजन्माएका अविवाहित युवायुवतीहरूमा समेत स्ट्रेच मार्क्स देखा परेकोले यो चिन्ता को विषय बनेको छ।

छोटो समयमा अत्याधिक मोटाएर छोटो समयमै दुब्लाउँदा छालामा भएको फाइबरहरु ब्रेक हुदा स्ट्रेच मार्क्स बन्ने गर्दछ। कहिलेकाँही थाइराइडको कारण, अत्यधिक तन्किने वाला एक्सर्साइज, जुम्बा डान्स गर्दा पनि हुन सक्छ। स्ट्रेच मार्क्सका कारण सुन्दरतामा र आत्म विश्वासमा कमी आउन थाल्छ।

धेरै जसो मानिसहरूले यसबाट छुटकारा पाउनका लागि विभिन्न महँगो क्रिमहरुको प्रयोग तथा अन्य उपचार विधिहरू अपनाइरहेको छन्। तर अझ बढी समस्या भएको देखिन्छ। शरीरमा कुनै पनि समस्याले दुःख दिन्छ भने, आफ्नो डाइटमा ध्यान राख्नुपर्छ।



प्रतिक्रिया दिनुहोस !