८ मंसिर २०८१, शनिबार

सेयर बजारको ओरालो यात्रा कायमै



काठमाडौं । केही दिन उकालो लागेको सेयर बजारमा पुन: गिरावट सुरु भएको छ । आइतबार मात्र ६१.२७ अंकले घटेको बजारमा आज पनि भारी गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ बिन्दुमा पुगेको छ । आज नेप्से २.६५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.९४ अंकले घटेर ५०६.३३ बिन्दुमा पुगेको छ ।

आइतबार कारोबार रकम पनि घटेको छ । आज कुल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री गर्दा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !