२० बैशाख २०८१, बिहीबार

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले एमसिसी सम्बन्धि दिए यस्तो प्रतिक्रिया

एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो



काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दे मन्त्री खड्काले भने, ‘ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो- एमसिसी मुलुकको आवश्यकता हो संसदवाट बिना संशोधन पास गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस !