६ जेष्ठ २०८१, आईतवार

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



इटहरी। ट्रकको ठक्करबाट इटहरीका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स. ७ प. ९१८५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी २७ वर्षीय अच्युत लुईँटेल र सप्तरी ३० वर्षीय अभिषेक कटुवालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटना स्थलबारे थप अनुन्धान  गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस !