५ जेष्ठ २०८१, शनिबार

भरतपुर महानगरको कांग्रेस सभापतिको निर्वाचनमा को भए त विजयी ?



चितवन। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।

उनले ६ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् ।

महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छिन् । गुरुङले ५६४ मत प्राप्त गरिन् । उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !