६ जेष्ठ २०८१, आईतवार

पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५८९ जनाको पीसीआर परीक्षणमा ७३० जनामा पुष्टि र ५ हजार १४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !