८ मंसिर २०८१, शनिबार

राष्ट्रियसभाको बैठक स्थगित् , आजपनि एमालेको अवरोध



काठमाडौं।असोज ५ गते बस्नेगरि राष्ट्रियसभाको बैठक स्थगित् भएको छ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी र अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए ।

आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !