९ मंसिर २०८१, आईतवार

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट कहिलेबाट वितरण गर्छ ?



काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ ।

काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट वितरण गर्दै आएको छ । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन । यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो । ‘क’ वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !