२१ बैशाख २०८१, शुक्रबार

संखुवासभा: सामूहिक हत्याको अपराधी पक्राउ



संखुवासभा। संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।

अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी टोलीले २६ वर्षीय लोकबहादुर कार्कीलाई घरमै देखेका थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा।

लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्। उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे । झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले यतिधेरै मानिसको हत्या गर्लान् ? विश्वास गर्नै गाह्रो , प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अकमकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

सुरूदेखि नै लोकबहादुर माथि शंका गरिएका थियोे, तर प्रमाण केही पनि फेला नपरेको कारण उनलाई हिरासतमा लिएको थिएन् । लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरीले उनलाई नियन्त्रणमै राखेर सोधपुछ गर्न थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको हो।

गत शुक्रबारको बयानमा उनले हत्या गरेको स्वीकार गरेको हुन् ।



प्रतिक्रिया दिनुहोस !