महिना दिनमै फेरि बढ्यो तेलको मूल्य
काठमाडौं । ठीक १२ दिनमा तेलको मूल्य फेरि बढेर आयो, अहिले लिटरमा १० रुपैयाँले मूल्य बढेको छ । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ ।
जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटर १० देखि ३५ रुपैयाँसम्मले बढ्यो ।
नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको दिनमामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।