९ मंसिर २०८१, आईतवार

छुट्यो कोरोना खोपका लागि बजेट



काठमाडौं। सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। सरकारले बैठक भत्ता काटेर खोपका लागि बजेट विनियोजन गरेको हो ।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गरेर कोरोना खोप खरिदका लागि ५ अर्ब बिनियोजन गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।



प्रतिक्रिया दिनुहोस !