६ मंसिर २०८१, बिहीबार

अमेरिकामा रहेका नेपालीलाई विश्व शान्ति दिवस मनाउन केसीको अपिल



काठमाडौं । डाक्टर गोविन्द केसीले संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा यही सेप्टेम्बर २० र २१ तारिखमा प्रर्दशन गर्न अपिल गरेका छन् ।

सेप्टेम्बर २१ तारिखमा विश्व शान्ति दिवस मनाउने गरिन्छ । सोही दिन संयुक्त राष्ट्र संघको महासभा पनि बस्न लागेकोले संसारले झेलेका समस्याबारे ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गर्न केसीले आग्रह गरेका हुन् ।

विश्वमा फैलिरहेका द्वन्द्व, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ्य, शिक्षा तथा कोभिडको खोपका विषयमा राष्ट्र संघको ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदशर्न गर्न अमेरिकामा रहेका नेपालीहरूलाई केसीले आग्रह गरेका हुन् ।

प्रदर्शनमा जलवायु कार्य र जलवायु न्याय, सबैका लागि कोभिड खोपसहित सबैका लागि स्वास्थ्य र शिक्षा, यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्रलगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने, म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडानलगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायतालाई बढि प्राथमिकता दिइने छ ।

 



प्रतिक्रिया दिनुहोस !