पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७७३ जनाको पीसीआर परीक्षणमा १ हजार ३५७ र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।