यार्सागुम्बाको अवैध कारोबारको आरोपमा चार जना पक्राउ
काठमाडौं । यार्सागुम्बाको अवैध रुपमा कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ का ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ का ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ का ४७ वर्षीय दानबहादुर जीसीलाई बिहीबार पक्राउ गरिएको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको हो ।