९ मंसिर २०८१, आईतवार

जुम्ली स्याउको गुणस्तरमा आउन थाल्यो ह्रास



जुम्ला। स्याउ भन्ने वित्तिकै हामी सबैको दिमागमा आइहाल्छ, जुम्लाको रातो र रसिलो स्याउ ।जुम्ली स्याउको देशैभरी आफ्नै पहिचान छ । तर पछिल्लो समयमा अधिक व्यापारीकरणले मिठो र रसिलो स्याउ काँचै बजारमा आउन थालेको छ ।

जुम्लामा ४२ हजार हेक्टर जमिनमा स्थानिय जात र २० हजार हेक्टरमा फुजि जातको स्याउ खेति गरीएको छ । स्थानीय जातको स्याउ गत वर्ष ८ हजार मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ११ मेट्रिक टन उत्पादन हुने भण्डारीको अनुमान रहेको छ ।

गत वर्ष जुम्ली वेचेर मात्रै २१ करोड रुपिया आम्दानी गरेको भण्डारीले वताए । यस वर्ष जुम्लाले २३ करोड रुपैँयाको स्याउ बेच्ने अनुमान गरेको छ ।
यता गतवर्षबाट उत्पादन दिन थालेको फुजि स्याउले यस वर्ष तेब्बर उत्पादन र्दिएको छ।

स्याउ उत्पादन प्रत्येक वर्ष बढेपनि गुणस्तर भने घटीरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !