अहिलेको पुस्तामा कपाल झर्नुका कारणहरु ;
अहिलेको युवापुस्ता माझमा कपाल झर्ने सबैभन्दा ठुलो समस्या हो। उमेर नपुग्दै नै कपाल झर्नु सबैभन्दा ठूलो स्वास्थ्य समस्या मध्ये एक हो । कपाल झर्नुका कारणहरु रोग, खानपान, आनिबानी र वंशानुगत पनि हुन सक्छन्।
केही यस्ता खानेकुराहरु जुन धेरै खाँदा रगतमा बायोटिनको कमी हुन सक्छ र कपालको जरामा रक्तसंचार कम हुने गर्छ । यसकारण तीब्र गतीमा कपाल झर्ने गर्छ ।
१. केक र पेस्ट्रिज
यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ र तीब्र रुपमा कपाल झर्छ ।
२. तारेका खानेकुरा
तारेका खानेकुराहरुमा हुने अत्यधिक मात्राको तेलले कपालको प्वाल बन्द हुन्छ र कपाल झर्छ ।
३. रिफाइन्ड फूड
सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चिनिमा परिवर्तन हुन्छ । जसले कपाल पातलो हुन थाल्छ र झर्न थाल्छ ।
४. आलू
आलुमा स्टार्चको मात्रा अत्यधिक बढि हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल झर्छ ।
५. पिज्जा
पिज्जा धेरै खादाँ रगतमा चिनीको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।
६. फ्रेन्च फ्राइ
यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जराले पोषण पाउदैन र कपाल झर्छ ।
७. मिठाई
मिठाइले ब्लड सुगर लेभल बढ्छ र हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्छ ।
८. कार्बोनेटेड ड्रिङ्क्स
सोडा, कोलाजस्ता ड्रिङ्क्समा चिनी र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।