९ मंसिर २०८१, आईतवार

शिर्ष नेताहरुको बैठक : मन्त्रीमन्डल सम्बन्धित भयो यस्तो महत्त्वपूर्ण निर्णय



काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ ।
सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ। जसले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत उपस्थित थिए। गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल छ। सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन।



प्रतिक्रिया दिनुहोस !