९ मंसिर २०८१, आईतवार

फेरिए एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट



भरतपुर। भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका छन्।

एक वर्षको अवधिमा प्रा. डा. कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो। अधिकारी अध्यक्ष भएपछिको सातौँ मेसु पौडेल भएका हुन् ।

दुुई महिनापछि डा. रोशन न्यौपानेलाई मेसु बनाइएको थियो र तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो ।

यो सङ्घीय अस्पताल हो । छ सय शैय्या र चितवनसहित १९ जिल्लाका बिरामीले यस अस्पतालमा सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख फेरिदा अस्पतालको स्वास्थ्य सेवामा प्रत्येक्ष रुपममा असर पुगिरहेको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस !