हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।
महाशाखाका अनुसार पुस महिनामा मात्रै मोटरसाइकल चोरीमा संलग्न नौजनालाई पक्राउ गरी मुद्दा चलाइएको जनाएको छ ।
जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारी–साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गर्दा सचेत हुन समेत महाशाखाले अनुरोध गरेको छ ।