तेह्रथुम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । तेह्रथुम हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यसअघि नै जारी पूँजीमध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ । अब सर्वसाधारणलाई २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन पाउनेछन् ।