शिर्ष नेताहरुबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा ३ शीर्ष नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
अहिले कांग्रेसबाट १ राज्यमन्त्रीसहित २, माओवादीमा २ मन्त्री र प्रधानमन्त्री सहित ५ सदस्यीय मन्त्रिपरिषद रहेको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने बारेमा टुंगो लागिसकेको बताइएको छ ।