भारतको नयाँदिल्ली पुगेका पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्कंदै
काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको नयाँदिल्ली पुगेका थिए । गत साढे दुई महिना देखि नयाँदिल्लीमा रहेका खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् ।
गत असार २ गते खनाल नयाँदिल्ली गएका थिए । त्यहाँ उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरुमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।