देउवा र प्रचण्डबीच कुन विषयमा हुदैँछ, भेटवार्ता ?
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाडका विषयमा भेटवार्ता भएको छ। शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। भेटको क्रममा सरकारलाई यथाशिघ्र पूर्णता दिनेबारे छलफल भएको छ।
(नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा) प्रधानमन्त्री देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।
एमाले, कांग्रेस र माओवादी केन्द्रले लामो समयदेखि पार्टीभित्र देखिएका समस्याको असन्तुष्टि समाधान गर्न सकेका छैनन्। सत्ताबाहिर हुँदा त्यही विषयलाई लिएर आन्दोलन चर्काउने दल सरकारमा पुग्दा पहिले आफैंलाई मन नपरेको निर्णय गर्न पनि पछि परेका छैनन् ।