पौडेल पक्षीय नेताहरुको बैठक जारी,
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू चाक्सीबारीमा बैठकका लागि जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।
शनिबार बिहानको बैठकमा पौडेल पक्षीय जिल्ला सभापतिहरू पनि सहभागी छन्। बैठक महाधिवेशनका विषयमा केन्द्रीत र १४औं महाधिवेशन नजिकिएसँगै पौडेलले आफूपक्षीय नेताहरूसँगको छलफललाई तीब्रता दिएका हुन् ।