२८ बैशाख २०८१, शुक्रबार

४४ किलो गाँजासहित दुईजना पक्राउ



मकवानपुर । मकवानपुरमा ४४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउपालिका–५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउपालिका–५ जय सिंहस्थित खोलाको किनारामा उक्त परिमाणमा गाँजाको भारी बोकी हिंडिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस !