स्वास्थ्य बीमा कार्यक्रमको आधा औषधि पनि पाइदैंन भरतपुर अस्पतालमा
चितवन। सरकारले लागुु गरेको बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा आधा औषधि पनि पाइँदैन ।हाल अस्पतालमा ४१९ प्रकारका औषधि मात्रै पाइन्छन् । साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको छ ।
अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९२२ प्रकारका औषधि र २६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छ वटा संस्थासँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको हो। उहाँका अनुसार अहिले फार्मेसी स्टोरले ६०० प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको हो ।