९ मंसिर २०८१, आईतवार

पौडेल र देउवाको भेटघाट : भयो यस्तो विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

पार्टीको क्रियाशील सदस्यता सम्बन्धित विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाएका हुन् ।
शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लागेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए ।
बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !