२८ बैशाख २०८१, शुक्रबार

लाइसेन्स परीक्षाका लागि मापदण्ड तय



कोभिड १९ का कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुने भएको छ। सुुनिश्चित गरिएको मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ। महामारीको जोखिम भएकोले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले बताएको छ।

लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ :

– परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने,
– तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाइने,
– परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने,
– परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्ने,
– परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने,
– परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, सौचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न नपाइने,
– परीक्षार्थीको तापक्रम मापन गरेर मात्रै प्रवेश गराइने,

 



प्रतिक्रिया दिनुहोस !