२७ बैशाख २०८१, बिहीबार

यसरी बग्यो डाइभर्सन, महेन्द्र राजमार्ग पूर्णरुपले बन्द



नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात पूर्णरुपले बन्द भएको छ ।

थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको र सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । लगातारको झरीका कारण आएको बाढीले डाइभर्सन बगाएको र भत्किएको डाइभर्सन शुक्रबार साँझसम्म निर्माण हुन सक्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !