२ जेष्ठ २०८१, बुधबार

बाढीका कारण परासी बजार यसरी डुब्यो, सयौं घरहरु बगायो



नवलपरासी । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको छ ।

डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं १ को सहुवाटिकर, वडा नंं २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं। ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !