राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । संघीय संसदको राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सांसदको नाम भने गोप्य राखिएको छ । बाँकी सांसदलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको म्यासेज आएको छ ।
पहिले नै संक्रमणमा परेका संसद सचिवालयका कर्मचारीको पुनस् परीक्षण गर्दा कोरोना देखिएको र एक सांसद पनि अहिले अरुको सम्पर्कमा नरहेकाले बैठक तोकिएकै समय ४ बजे सञ्चालन हुनेछ ।
सचिवालयका अनुसार बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए।
प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक आज राष्ट्रियसभाको बैठक बस्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्।