९ मंसिर २०८१, आईतवार

सेयर बजारमा हरियाली, हाइड्रोपावरमा झुम्मिन थाले लगानीकर्ता



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा हरियाली देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।

कारोबारका आधारमा आज अरुन भ्याली हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेका छन् । सो कम्पनीको ९३ करोडबराबरको कारोबार भएको छ।
आज बजार दोहोरो अंकले वृद्धि हुँदा आँख्खु खोला जलविद्युतलगायतको सेयरमा १०र१० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।



प्रतिक्रिया दिनुहोस !