गायक जेबी टुहुरेको निधन
काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको हो। टुहुरे मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो उपचारका क्रममा ७८ वर्षीय टुहुेरेको बयोधा अस्पतालमा आज निधन भएको हो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापबाट उनी लामो समयदेखि पीडित थिए ।
संविधानसभा सदस्य रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।
उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका टुहुरेले सयौं संख्यामा जनवादी गीत गाएका थिए तर उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।