मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने , को बन्ला अर्को मुख्यमन्त्री ?
काठमाडौँ। नेकपा (एमाले) १ नम्बर प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । विराटनगरस्थित प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाइएको हो ।
। एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन काठमाडौंमै रहेको र केही बेरमै विराटनगर आएपछि बैठक सुरु हुने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनले भने, “दलको नेता काठमाडौंमा हुनुहुन्छ, विराटनगर आइपुग्नासाथ बैठक सुरु हुनेछ ।
एमाले विभाजन भएपछि निर्वाचन आयोगमा नेता तथा सांसदलाई दल रोज्न २१ दिनको समय उपलब्ध गराइएको छ । तर, त्यसअगावै १ नम्बर प्रदेशमा दलको बैठक बोलाएर सरकारको नेतृत्व फेर्न खोजिएको नेपालपक्षीय सांसदको आशंका छ । दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने र भीम आचार्यलाई दलको नेता चुन्ने तयारी गरिएको बताइए पनि एमालेले यसलाई पुष्टि गरेको छैन ।
मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेर समाजवादीतर्फ नेपाल पक्षका सांसदलाई जानबाट रोक्न प्रयास गर्न खोजिए पनि आचार्य नै मुख्यमन्त्री बने पनि एक महिनाभन्दा लामो समय जान नसक्ने सांसद घिमिरेले बताए । “आचार्यलाई पहिले हामीले समर्थन गरेर संसदीय दलको नेतामा उठाएकै हो, तर जित्न सक्नु भएन,” घिमिरेले भने, “फेरि उठ्ने भन्ने सुनिएको छ । एक महिनाको लागि मुख्यमन्त्री किन बन्न खोज्नुभएको होला भन्ने लाग्दै छ ।”