माधव नेपाललाई छाडेका नेताहरु बैठक बस्दै, के आउँछ निर्णय ?
काठमाडौं । नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार भएका छन।
नेपाललाई नेता मानेर एउटै गुटमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, अमृतकुमार बोहरा र रघुजी पन्त अहिले ओलीसँगै एमालेमा रहेका छन् । उनीहरुको फरक समूह देखिएको छ । तर, यो समूहमा नेता को भन्ने चासो बढेको छ ।
एमाले भित्र ओलीको समूहका १० जना हस्तीहरुका ६ फरक गुट रहेका छन् । जसमा भीम रावलको आफ्नै समूह छ । उनको साथमा केही सांसद र केन्द्रीय सदस्य पनि छन् । सुरेन्द्र पाण्डे र भीम आचार्यको केन्द्रीय सदस्यहरु छन् भने योगेश भट्टराई र घनश्याम भुसालको गुटमा सांसद र केन्द्रीय सदस्य रहेका छन् ।
अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्टको र अमृतकुमार बोहराको पनि फरक गुट छ । उनको साथमा युवाहरु बढी छन् । उनी विगतमा माधव नेपालका विश्वासपात्र मानिन्थे रघुजी पन्तअहिले उनको आफ्नै गुट छ । अब उनले कसलाई नेता मानेर बढ्ने हुन् चासो बनेको छ ।
१० जना नेताको ६ गुट कसरी मिल्लान् उनीहरु ओली समूहमै विलय हुने हुन् कि फरक समूहका रुपमा कसैलाई नेता मानेर अघि बढने हुन् । यो समूहमा भीम रावल सबैभन्दा बलिया देखिन्छन् ।भीम रावल नै अब ओली समूहको नेता बन्ने सम्भावना रहेको छ । यही रणनीतिका साथ रावलले पछिल्लो तयारीहरु गरेको बुझिएको छ ।