३० बैशाख २०८१, आईतवार

आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि



काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोवार भएको थियो ।

नेपालि बजारमा चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।



प्रतिक्रिया दिनुहोस !