माधव नेपाल छोडेका नेताहरु एमालेमै रहने, स्थायी कमिटी बैठकमा सहभागी हुने
काठमाडौं। नेकपा (एमाले) का एकता पक्षधर नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोट पुगेर उनीहरुले अध्यक्ष ओलीसँग लामो भेटवार्ता गरेका हुन् । एकताको लागि यसअघि कार्यदलले तयार पारेको दश बुँदे सहमतिको अक्षरश पालना गर्नुपर्ने उनीहरुको शर्त थियो ।
भेटमा सहभागी एक नेताकाअनुसार दश बुँदे सहमति कार्यान्वयन गर्नको लागि अध्यक्ष ओली सहमत भएका छन् । ओली दश बुँदे कार्यान्वयनमा सहमत भएपछि भोलि नै एमालेको स्थायी कमिटी बैठक राखिएको र उक्त बैठकमा भीम रावल, योगेश भट्टराईलगायतका दोस्रो पक्षका नेताहरु पनि सहभागी हुने ती नेताले जनाए ।