२८ बैशाख २०८१, शुक्रबार

८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला



झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् ।

कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ ।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !