८ मंसिर २०८१, शनिबार

नेपालको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी रहने



काठमाडौं । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्। यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको थियो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कुनै दलसँग नाम मिल्न गए पार्टी दर्ता नहुने भनेका थिए। नेकपा एकीकृत समाजवादीले यसअघि नेकपा एमाले समाजवादी नाम राखेको थियो।



प्रतिक्रिया दिनुहोस !