२ मंसिर २०८१, आईतवार

भरतपुर अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस उपकरणको व्यवस्था



भरतपुर अस्पताल

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् । दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन् । साउनमा मात्रै १२१ ले सेवा लिएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !