५ मंसिर २०८१, बुधबार

आत्महत्या गर्न खोज्ने ६ जनाको सकुशल उद्धार



 

सुनसरी । सप्तकोशी नदीमा हाम फाली आत्महत्या गर्ने कोशिष गरेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका सबैलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् । त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेत आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेका थिए ।

आत्महत्या गर्न खोजेका सबैलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !