३ जेष्ठ २०८१, बिहीबार

महन्त ठाकुर पक्ष सरकारमा जाने/नजाने भन्ने विषयमा दिए यस्तो प्रतिक्रिया



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

ठाकुर समूहले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ । पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले बताए । ‘सरकारलाई हामीले विश्वासको मत दिनुको अर्थ सरकारमै जाने भन्ने होइन, अहिले हामी सरकारमा जाने सम्भावना छैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता मधेसका मुद्दा हुन् । हामीले अघि सारेका मुद्दालाई सरकारले कसरी हेर्छ, त्यसका आधारमा हामी सरकारमा जाने/नजाने, सरकारलाई समर्थन दिने वा नदिने भन्ने निर्धारण गर्छौं ।’



प्रतिक्रिया दिनुहोस !