९ मंसिर २०८१, आईतवार

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !