९ मंसिर २०८१, आईतवार

नाकामा बेहोस भएर एक जनाको मृत्यु



काठमाडौं । बिहीबार १२ बजे आफन्त भेटेर गौरीफण्टा नाका हुँदै घर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ । लालझाडी गाउँपालिका रैतिने बिछुवाका ५२ वर्षीय रामदिङ रानाको नाकामा बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्डियामा रहेका आफन्तलाई भेटेर घर फर्किनेक्रममा डोकेबजारमा बेहोस भएर ढलेका थिए।

उनलाई बेहोस भएर ढलेपछि एम्बुलेन्स बोलाएर सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। अस्पताल लगेको केही समयमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !